सेयर बजार घट्ने क्रम रोकिएन, परिसूचक ११६०.२८ बिन्दुमा
काठमाडौं, १० मंसिर । सेयर बजार घट्ने क्रम आज पनि रोकिएन । पछिल्लो समय क्रमश घटिरहेको बजार आज ६.३५ अंकले ओर्लिएर ११६०.२८ को बिन्दुमा बन्द भयो ।
कारोबार खुला भएसँगै बजार घट्न थालेको थियो । फाइनान्स र अन्य बाहेक कारोबारमा आएका अरु सबै समूहको पसिूचक घटेको छ । सबैभन्दा बढी नीजिर्वन बीमा समूहको परिसूचक ८९.३ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ६७.०५, होटल १३.३ र माइक्रोफाइनान्स १५.१३ अंकले घटेको छ।
आज एक सय ५५ कम्पनीको ३० करोड रुपैयाँ भन्दा बढीको सेयर किनबचे भएको छ । जसमा सबैभन्दा धेरै सेयर किनबेच एनएमबी बैंकको भएको छ । सबैभन्दा धेरै कमाउनेमा नेपाल हाइड्रो डेभलपर्स छ भने गुमाउनेमा नेपाल सेवा लघुवित्त वित्तिय संस्था रहेको छ।
पछिल्लो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लागु गरेको अनलाई कारोबारको कारण लगानी जोखिममा परेको भन्दै सेयर लगानीकर्ताहरुले आज नेप्से घेराउ समेत गरेका थिए । उनीहरुले अनलाईन प्रणालीलाई तत्काल सुधार गर्न माग पनि गरेका छन् । नेप्सेले अनलाईबाट सेयरको कारोबार थलानी गर्दा बजारमा समेत सकारात्मक सुधार आउने अपेक्षा लगानीकर्ताहरुले गरेका थिए । तर त्यो अनुसार हुन नसकेको र अनेकन समस्याका कारण कारोबार समेत प्रभावित हुने गरेको गुनासो लगानीकर्ताहरुको छ ।