युनिलिभरको पाँच वर्षअघिको लाभांश लिन सूचना
काठमाडौं, १३ मंसिर । युनिलिभर नेपाल लिमिटेडले पाँच वर्ष अघिको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई लाभांश लिन सूचना जारी गरेको छ । कम्पनीको २१ औं साधारणसभा २०७०, ७१ बाट पारित भएको लाभांश लिन निजको हकवाला हालसम्म पनि नगएपछि कम्पनीले सो लाभांश लिन बोलाएको हो ।
लाभांश लिनको लागि कम्पनीले सूचना जारी गरेको एक महिनाभित्र प्रमाणपत्रसहित सेयर रजिष्ट्रारमा जानु पर्नेछ । सो अवधिभित्र पनि लिन नगएमा भुक्तानी गर्न बाँकी रहेको लाभांश कम्पनीले लगानी संरक्षण कोषमा जम्मा गर्ने सूचना दिएको छ ।