Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

चालु आवको पहिलो चार महिनामा आठ भन्सार कार्यालयबाट शून्य निर्यात

चालु आवको पहिलो चार महिनामा आठ भन्सार कार्यालयबाट शून्य निर्यात

काठमाडौं,२० मंसिर ।  चालू आर्थिक वर्षको चार महिनामा देशभरका आठ भन्सार कार्यालयबाट कुनै पनि मालवस्तु निर्यात नभएको पाइएको छ ।

भन्सार विभागले भर्खरै सार्वजनिक गरेको विवरणले  जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, सिराहा, राजविराज र अर्को एक भन्सारबाट सुन्य निर्यात रहेको देखाएको छ  । हाल देशभर २० भन्सार कार्यालय सञ्चालनमा छन् ।

चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सबैभन्दा बढी निर्यात भएको छ ।  विमानस्थल भन्सारबाट रु आठ अर्ब ७९ करोड ८५ लाख ८५ हजार बराबरको निर्यात भएको छ । यस्तै विराटनगर भन्सार कार्यालयको हिस्सा २७ दशमलव ५८ प्रतिशत छ । उक्त भन्सार कार्यालयबाट रु आठ अर्ब सात करोड ६५ हजार बराबरको मालवस्तु निर्यात भएको छ । पूर्वाञ्चल क्षेत्रबाट विशेष गरी चिया, अलैची तथा अन्य कृषिउपज विदेश निर्यात भएको हो ।

तेस्रो स्थानमा मालवस्तु निर्यात गर्ने भन्सारमा वीरगञ्ज भन्सार पनि रहेको छ । सो भन्सारबाट १७ दशमलव ७६ प्रतिशत बराबरको मालवस्तु निर्यात भएको छ । कूल रु पाँच अर्ब २० करोड छ लाख ३९ हजार बराबरको सामान निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x