सेयर बजारमा ६ अंकको गिरावट, ७९ करोडको कारोबार
काठमाडौं, ९ पुस । साताको दोस्रो सोमबार कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार ३२ अंकले बढेको बजार सोमबार भने ६.४५ अंकले घटेर १९१.७४ बिन्दुमा झरेको छ ।
सोमबार बजारमा फाइनान्स, उत्पादन तथा प्रशोधन, जिवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बैंकिङ, होटल, व्यापार, विकास बैंक, नीर्जिवन बीमा र माइक्रोफाइनान्स समूहको परिसूचक घटेको छ ।
एक सय ६८ कम्पनीको ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा एनएमबी बैंकको सेयर सबैभन्दा धेरै खरिद बिक्री भएको छ । त्यस्तै हाथवे फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।