Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न आवेदन दिएका ११ मध्ये ८ ले दिए कार्ययोजना सहितको प्रस्तुतीकरण

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न आवेदन दिएका ११ मध्ये ८ ले दिए कार्ययोजना सहितको प्रस्तुतीकरण

काठमाडौं, १७ पुस । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि ८ जनाले आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको थियो । प्रवन्ध निर्देशकका लागि ११ जनाको आवेदन परेको थियो । तर त्यसमध्ये सानउल्लाह खान,विमल आचार्य, बुद्धिप्रसाद आचार्य, संगीता पहाडी, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यायले कार्ययोजनना सहित प्रस्तुतीकारण दिएका छन् ।

८ जना मध्येबाट छनौट समितिले तीन जनाको नाम मन्त्रीपरिषद्मा पेश गर्ने छ। मन्त्रीपरिषद्ले तीन जनाबाट एक जनालाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने छ ।

साउन २९ गतेको मन्त्रीपरिषदले कामिनी राजभण्डारी बर्खास्त गरेपछि टेलिकममा नेतृत्व अभाव छ । प्रस्तुतीकरण दिएका ८ मध्ये संगीता पहाडी एक्लो महिला प्रतिस्पर्धी हुन । टेलिकम्युनिकेशन एआइटिमा थाइल्यण्डबाट स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेकी उनी २६ वर्ष देखि टेलिकममा कार्यरत छिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x