Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

ब्रोकर लाइसेन्स प्रदान गर्न नेप्सेलाई बोर्डकाे निर्देशन

ब्रोकर लाइसेन्स प्रदान गर्न नेप्सेलाई बोर्डकाे निर्देशन

काठमाडौं,१९ पुस । नेपाल धितोपत्र बोर्डले तोकिएको मापदण्ड पूरा गरेका वाणिज्य बैंकलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाइसेन्स प्रदान गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

स्टक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई एक निर्देशनमार्फत तत्काल धितोपत्र कारोवारका लागि वाणिज्य बैंकका सहायक कम्पनीलाई अनुमति दिन बोर्डले निर्देशन दिएको हो ।

बोर्डले त्यस्तो अनुमतिपत्र प्रदान गर्न तथा यस अघि सङ्घीय संरचनाअनुसार विभिन्न प्रदेशमा आर्थिक रुपमा सक्रिय जिल्ला तथा स्थानमा समेत धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन समेत स्टकलाई निर्देशक दिइएको प्रवक्ता निरज गिरीले बताए ।

बोर्डले कारोवार सूचाङ्क नेप्से परिसूचकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन, बजार प्रभावित हुने प्रवृत्तिलाई निरुत्साहित गर्न, नेप्से बढ्दा वा बढ्दा हुने व्यवस्थालाई अन्तर्राष्ट्रियस्तरको बनाउन समेत निर्देशन दिएको छ । लगानीकर्ताको हितका लागि लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न तथा धितोपत्र बजारका लगानीकर्ताका हित संरक्षणको लागि कानूनी प्रबन्धसहितको व्यवस्थाका बारेमा समीक्षा गरी बोर्डमा पेश गर्न समेत आग्रह गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *