Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सेयर बजार ११७८ को बिन्दुमा झर्यो

सेयर बजार ११७८ को बिन्दुमा झर्यो

काठमाडौं, १९ पुस । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा गिरावट आएको छ । बजार खुले देखि नै निकै उत्तार चढावका बीच अन्तमा बजार १.५६ अंकले घटेर ११७८.८७ बिन्दुमा झरेर बन्द भयो ।

बिहिबार कारोबारमा आएका बैंकिङ, विकास बैंक र उर्जा बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक ६८.०५ अंकले बढेको छ । त्यस्ते होटल १८.२५, निर्जीवन बीमा १५.०२ अंकले बढेको छ ।

१ सय ५८ कम्पनीको २७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै अर्थात २ करोड ६१ लख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
सबैभन्दा धेरै युनाईटेड मोदी हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने धेरै गुमाउनेमा कालिका लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x