स्थानीय जनप्रतिनिधिको तलवमा भारी बृद्धि
काठमाडौं, २० पुस । संघीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका बेला ३ नम्बर प्रदेशको सरकारले स्थानीय तहका जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा झण्डै दोबरले वृद्धि गरेको छ । प्रदेश सरकारले स्थानिय जनप्रतिनिधि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरूको सेवा सुविधा एकैपटक झन्डै दोब्बर वृद्धि गरेको हो ।
नयाँ तलवमान अनुशार अब ८ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब मासिक १५ हजार पाउनेछन् । उपमहानगरका सदस्यहरूले अब मासिक १३ हजार रुपैयाँ तलब पाउनेछन् । यसअघि उनीहरूले ७ हजार ५ सय रुपैयाँ तलब पाउँदै आएका थिए ।
नगरपालिका सदस्यहरूले भने अब मासिक ११ हजार रुपैयाँ पाउनेछन् । यसअघि उनीहरूले ७ हजार रुपैयाँ बुझ्दै आएका छन् । गाउँपालिका सदस्यहरूले ७ हजार रुपैयाँ पाउने गरी निर्णय गरिएको अर्थ मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।