व्यवासायी भन्छन् व्याजदर नियन्त्रण गर
काठमाडौं,१५ माघ । नेपाल उद्योग वाणिज्य महासंघले व्याजदर नियन्त्रण गर्न अर्थमन्त्रालय र मातहतका निकायलाई आग्रह गरेको छ।
पछिल्लो दुई वर्षदेखि निरन्तर बड्दै गएको व्याजदर कारण उत्पादन लागत निरन्तर बढेको र व्यवसाय गर्न समस्या भएको भन्दै व्याजदर नियन्त्रण गर्न आग्रह गरेको हो । विगतमा पनि यस्ता किसिमका समस्या सम्वोधन गर्ने प्रतिवद्धता सरकारको तर्फबाट आएको तर काम नभएको भन्दै महासंघले उद्योग व्यवसाय क्षेत्र पिडित हुन पुगेको जनाएको छ।
वड्दो व्याजदरलाई नियन्त्रण नगरे सरकारले राखेको आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पनि पूरा नहुने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ