Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मुलुकी संहिताको दफा २५० संशोधन गर्न निर्माण व्यवसायीको आग्रह

मुलुकी संहिताको दफा २५० संशोधन गर्न निर्माण व्यवसायीको आग्रह

काठमाडौं, १६ माघ । नेपाल निर्माण व्यवसायी महासंघले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २५० तत्काल संशोधन गर्न आग्रह गरेको छ। प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरालाई भेटेर महासंघको प्रतिनिधिमण्डलले निर्माण क्षेत्रलाई नै धरासायी बनाउने गरी हालै लागु भएको सो ऐन संशोधन गर्न आग्रह गरेका हुन ।

निर्माण कार्य खरिदको सम्झौता भए पश्चात निर्माण व्यवसायीहरुले कार्य नगरेमा, गुणस्तरीय कार्य नगरेमा वा समयमै कार्य सम्पन्न नगरेमा धरौटी रकम जफत गरिने, सम्झौता अंकको १० प्रतिशत रकम लिक्विडिटी ड्याम्मेज बापत असुल गरिने बुँदा संशोधनका लागि महासंघले अनुरोध गरेको छ । त्यस्तै, १ वर्षदेखि ३ वर्षसम्म कालो सूचीमा राखिने, ठेक्का सम्झौता अन्त्य गरिने तथा सम्पन्न हुन वाँकी काम निर्माण व्यवसायीको घर घरानाबाट असुल उपर गरिने संहितामा उल्लेख छ ।

जवाफमा सभामुख महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को संशोधनको लागि आफूले पहल गर्ने बताएको महासंघले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x