महिला उद्यमी देवकोटाको कथा- मौरी पालन व्यवसायबाट २० लाख अम्दानी
काठमाडौं २९, फागुन । चितवन रत्ननगर नगरपालिका–१४, डुम्रिचोककी गीता देवकोटा एक सफल महिला उद्यमी ब्यवसायीको रुपमा परिचित छन् । २ घार मौरीबाट मौरीपाल ब्यवसाय शुरु गरेकी गीता त्यसलाइ विस्तार गरेर १ सय ५० घार पुर्याएकी छन् । जसबाट उनले बार्षिक २० लाख बढी आम्दानी गरिरहेकी छन् ।
जिम्मेवारीले डोरायो व्यवसायमा
विबाह गरेको केही वर्ष पछि २०४९ सालमा उनका श्रीमानको दुरघटनामा परी मृत्यु भयो । श्रीमानको मृत्यु हुँदा उनको उमेर २० वर्ष मात्र थियो । तर उनको तीन वर्ष पहिला नै एक छोराको जन्म भएको थियो । अब छोराको सबै जिम्मेवारी उनी माथि नै थपियो । छोरा कै लागि भएपनि उनले अब केही गर्नु पर्ने थियो । छोरालाई आमा र बुवा भएर मायाँ ममता र लालन पोषण गर्नु थियो । असल शिक्षा दिनु थियो । त्यो समयमा उनले केही पनि सोच्न नसकेको कुरा अर्थको अर्थलाई सुनाईन् । उनले भनिन्–‘मानिसलाई कुन बेला के हुन्छ थाहै हुँदो रहेन छ । मेरो जीवनमा पनि अकल्पनीय घटना घट्यो । त्यो समयमा मैले केहि कुरापनि सोच्न सकिँन् । मेरो काँधमा असल अविभावकको जिम्मेवारी थपिएको थियो । छोराको शिक्षा, स्वास्थ्य र लालनपोषण कसरी गर्ने भन्ने चिन्ता थियो ।’
यो समस्याका बीचमा पनि उनले हार खाइँनन् । उनलाई व्यवसाय गर्ने इच्छा जाग्यो । उनले गाई पालन व्यवसाय गर्न थालिन् । दुध बेच्ने, मलबाट तरकारी उत्पादन गर्ने भन्ने सोच बनाइँन् । तर त्यसबाट त्यति फाइदा नभएपछि २०५२ सालमा मैरी पालन व्यवसाय सुरु गरिन् । २०५२ सालमा जिल्ला कृषि विकास कार्यालयको अनुदानमा प्राप्त गरेको २ घार मौरीबाट आफ्नो व्यवसाय थालेकी देवकोटाले अहिले यही मौरी पालन व्यवसाय आफ्नो पहिचान वनाउँन सफल भएकी छिन् । अहिले उनका १ सय ५० घार मौरी छन् । एक पटकमा उनले ४ टन सम्म मह उत्पादन गर्ने गरेकी छिन् ।
मौरी पालन गर्ने इच्छा
उनले मौरी पालन व्यवसाय सुरु गर्नु भन्दा पहिला त्यसको बारेमा व्यवसायीहरुसँग परामर्श र सल्लाह लिएकी थिईन् । साथीहरुले उनलाई व्यवसाय गर्नको लागि नेपाल सरकारले सहयोग गर्छ भन्ने जानकारी गराएपछि उनले जिल्ला कृर्षि विकास कार्यालयमा सम्पर्क गरिन् । उनी मौरी पालन व्यवसाय गर्ने एक साथिसँग जिल्ला कृर्षि विकास कार्यालय पुगिन् । ‘मेरो घर नजिकैकी साथीले मैरी पालन गरेकी थिइन् । उसैसँग म पनि जिल्ला कृषि विकास कार्यालय गएकी थिए । ती साथीले अनुदानमा मौरी पाएको थाहा पाएपछि मैले पनि कार्यालयका हाकिमसँग कुरा गरेँ ।’ उनले भनिन् ‘कार्यालयका हाकिमले अनुदानको मौरी प्राप्त गर्न निवेदन दिनु पर्ने बताए । मैले निवेदन दिएर आएँ । भोली पल्ट मलाई मेरो नाम छनोटमा परेको भन्दै फोन गर्नु भयो र मौरी लिनको लागि बोलाउँनु भयो । मैले २ घार मौरी अनुदानमा पाएँ । तर मसँग मौरी पालन व्यवसाय सम्बन्धी ज्ञान थिएन् ।’
मौरी पालन व्यवसाय तालिम लिदाको क्षण
मौरी पालन व्यवसायको सुरुको दिनहरुका उनले धेरै दुःख खेप्नु परेको बताउँछिन् । आफूँसँग प्राविधिक ज्ञान नहुँदा झनै दुःख पाएको पल उनीसँग छ । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको तालिममा भाग लिन नपाएको उनलाई अहिले जस्तो लाग्छ ।
भनिन्छ नि खाने मुखलाई जुँगाले छेक्दैन, त्यस्तै उनको सिक्ने इच्छा शक्तिको अभाडी कुनै प्रतिवन्धले पनि रोक्न सकेन् । उनले तालिम हलको बाहिर बसेरै भएपनि मौरी पालन सम्बन्धी प्राविधिक कुराहरु सिकेरै छाडिन् । अहिले उनी ती दिन सम्झदाँ आफैँ अचम्ममा पर्छिन् । अहिलेको सफलता त्यही समयको संघर्षको प्रतिफल हो भन्छिन् उनी ।
पहिचान अनि आत्म निर्भरसँगै रोजगारी
मौरी पालन व्यवसाय गर्नु भन्दा पहिला उनलाई चिन्ने मानिस सीमित थिए । उनको आर्थिक स्थिति पनि सामान्य थियो । तर मैरी पालन व्यवसाय थालनी गरेपछिको जीवन शैलीमा परिवर्तन भएको छ । उनले अहिले १ जनालाई रोजगारी दिएकी छिन् । यही मौरी पालन व्यवसायबाट आर्जन गरेको धनले छोरालाई शिक्षा दिन सकिँन् । अहिले उनका छोराले स्नातक उत्तिर्ण गरेको छ । छोरो पनि गाउँकै एक असल कृषका रुपमा परिचित छन् । उसले आमाको व्यवसायलाई पनि सहयोग गर्छन् र आफ्नै व्यवसाय पनि सुरु गरेका छन् । उनले अहिले केरा खेतिको सुरुवात गरेका छन् । उनी भन्छिन् अहिलेका छोराहरु धेरै कमाउँन विदेशिने गर्छन् । त्यहाँ गउर दुःख पाउँछन् । घर फर्कदा उस्तै तर मेरो एक मात्र छोरो स्नातक पढेर मलाई नै सहयोग गरिरहेको छ । अहिले हाम्रो परिवार खुशी छ । हामी सबैसँगै छौँ । दुई चार हजारको लागि कसैसँग हार गुहार गर्नु परेको छैन् ।
मौरीपालनबाट वार्षिक १५ देखि २० लाख आम्दानी
मौरी पालन व्यवसाय चुनौती पूर्ण त छँदैछ, तर यसको सम्भावना पनि प्रसस्त भएको उनी बताउँछिन् । उनले अहिले मौरी पालनबटै १५ देखी २० लाख सम्म आम्दानी गरेकी छिन् । सबै मौसामा एकै आम्दानी नहुँने उनको भनाई छ । उनी भन्छिन्–‘मह उत्पादन पनि मौसम अनुसार हुन्छ । जुन समय बढी फूलहरु फूल्छन् त्यही समय बढी मह उत्पादन हुन्छ । त्यसको लागि हामी देशका विभिन्न कुना कन्दरहरुमा मौरीलाई चराउँनको लागि लग्ने गर्दछैं ।
मौरीपालनमा चुनौति
मौरीको लागि फूलहरुको आवश्यकता पर्छ । त्यसको लागि फूल फूलेको स्थानमा रातको समयमा लग्नु पर्दछ । मौरी पाल्ने मानिसले रात दिन नभनि मौरीलाई आवश्यक पर्ने फूलको खोजी गर्नु पर्ने उनको भनाई छ । त्यस्तै जाडोमा मौरी मर्ने हुँदा त्यो समयमा विषेश ध्यायन पु¥याउँनु पर्ने हुन्छ ।
मौरी पालनका फाईदा
मौरी पालन व्यवसाय गर्दा खर्च थोरै भए पुग्छ । मौरीबाट उत्पादन हुने महको माग बजारमा अत्याधिक मात्रामा छ । मौरी पालन गर्दा अन्य व्यवसाय गर्दा जस्तो जग्गा जमिनको आवश्यकता पर्दैन् । घरका छटहरु र थोरै स्थानमा पनि यस्तो व्यवसाय गर्न सकिन्छ । खानाको लागि फूल आवश्यक पर्ने भएपनि अन्य व्यवसाय जस्तो खर्च नहुँने गीता देवकोटाको अनुभव छ ।
एकल महिलाहरुले सिक्नु पर्ने पाठ
गर्न खोज्नेहरुका लागि सम्भावना धेरै छन् । जो कोही महिलाहरुले जे पनि गर्न सक्छन् । उनीहरुमा आँट हिम्मत र साहास हुनु पर्दछ । जुन सुकै कारणले एक्कल भए पनि एउटा विकल्प रोज्नु पर्छ ।
त्यो विकल्प हो सबैले सम्मान गर्न लायक विकल्प । आज उदाहरण हो गीता देवकोटाको । उनी समाजमा एक असल व्यवसायीका रुपमा परिचित छिन् । उनलाई विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय गौर सरकारी संस्थाहरुले सम्मान गरेका छन् । उनी ती संस्थाहरुमा खुलेर आफ्ना कुराहरु राख्न सक्छिन् ।
उनमा केही डर त्रास छौन् । छ त एउटा चिन्ता आफ्नो व्यवसायलाई कसरी अझ व्यापक बनाउँने भन्ने । तर त्यो समस्याको समाधान पनि नेपाल घरेलु तथा साना उद्योग विकास महासंघले साकार पारिरहेको छ ।
कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदा राष्ट्रिपति महिला उत्थान कार्यक्रम अन्तर्गत पैसा नै तिर्न नपर्ने गरी स्टलहरुको व्यवस्था गरिदिएको छ । यसले महिलाहरुले गरेका व्यवसायलाई बजारिकरण गर्न सहयोग गरेको छ । उनीहरुको उत्पादनलाई सबै सामु पु¥याउने अवसर प्रदान गरेको छ ।
(उद्यमी गीता देवकोटासँगको कुराकानीमा आधारित- प्रस्तुति बलराम बुढाथोकी)