काठमाडौं महानगरपालिकाको विश्व सम्पदा जोड्ने गुरुयोजना तयार
काठमाडौं, ३ बैंशाख । काठमाडौं महानगरपालिकाले दुई विश्व सम्पदा जोड्ने गुरुयोजना तयार पारेको छ । २२ सय मिटरको दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्न गुरु योजना महानगरले तयार पारेको हो ।
विश्व सम्पदा दिवस २०१९ को अवसर पारी आगामी अप्रिल १८ तारिख हनुमानढोका दरवार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरुयोजना सार्वजनिक गरिने सम्पदा तथा पर्यटन समिति संयोजक न्हुच्छेकाजी महर्जनले जानकारी दिए । त्यसअघि स्वयम्भू भुइखेलदेखि हनुमानढोका दरवार क्षेत्रसम्म ¥याली आयोजना गरिने संयोजक महर्जनले बताए ।
सम्पदा पदयात्राले उक्त दुरीको क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पु¥याउने, आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मूल्य मान्यताबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । काठमाडौं महानगरका मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, पुस्तान्तरण तथा सम्बद्र्धनको कार्यमा पनि यो पदयात्रा सहायकसिद्ध हुने विश्वास गरिएको छ । सम्पदा पदयात्राको २. २ किलोमिटर दुरीभित्र रहेका करिब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने संयोजक महर्जनले जानकारी दिए ।
काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि जस्ता सम्पदाहरू अवलोकन गर्न सकिने छ ।