भारतको निर्वाचन : मोदी कि गान्धी, बाजी कसले मार्ला ?
काठमाडौं, १० बैशाख । भारतमा लोकसभाको तेस्रो चरणको निर्वाचनले माहोल तातेको छ । गुजरात, केरला, गोवा, बिहार लगायत १३ वटा राज्य तथा केन्द्रशासित स्थान गरेर कुल १ सय १५ संसदीय क्षेत्रमा आज मतदान भइरहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मतदान गरिसकेका छन् । प्रधानमन्त्री मोदीले गुजरातको अहमदावा स्थित मतदान केन्द्रमा मतदान गरेका छन् । मुख्य विपरिक्ष भारतीय कांग्रेसका राहुल गान्धी केरलाको वायनाडाको चुनावी मैदानमा छन् ।
पहिलो र दोस्रो चरण निर्वाचन सकिए पश्चात सुरु भएको तेस्रो चरणको निर्वाचनमा १ सय १७ सिटका लागि १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा राष्ट्रिय दलका ३ सय १४, क्षेत्रीय दलका ७६, मान्यता प्राप्त नगरेका दलका ४ सय ९२ र स्वतन्त्र ७ सय १२ जना उम्मेदवार मैदानमा रहेका छन् । सो मध्ये महाराष्ट्र र कार्नाटकबाट विजय हुने ७४ वटा सिटहरुलाई निर्णयक मानिने बिबिसी हिन्दीले उल्लेख गरेको छ । ७४ वटा निर्णयक सिटहरु मैनपुरी, पीलीभीत, रामपुर, मधेपुरा, मालदा उत्तर, वायनाड र गांधीनगरका रहेका छन् ।
तेस्रो चरणको चुनावमा भारतको प्रमुख २ ठुला दलहरु भारतीय जनता पाटी र प्रमुख प्रतिपक्षिय भारतीय कांग्रेस चुनावी प्रतिस्पर्धा भइरहेको छ । पाँच वर्षअघि धेरैलाई आश्चर्यमा पार्नेगरि लामो समयपछि बहुमतको सरकार बनाउने मत प्राप्त गरेको भारतीय जनतालाई यसपटक भने कांग्रेसले कडा चुनौती दिने जानकारहरु बताउछन् ।
सात चरणमा हुने निर्वाच नगत अप्रिल ११ मा सुरु भएको हो अन्तिम चरणको मतदान मे १९ मा भएपछि मे २३ देखि मतगणना हुने छ ।