Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१० वर्षमा ७ गुणा बढ्यो बजेटको आकार, कुन अर्थमन्त्रीको पालामा बजेटको आकार कति ?

१० वर्षमा ७ गुणा बढ्यो बजेटको आकार, कुन अर्थमन्त्रीको पालामा बजेटको आकार कति  ?

बलराम बुढाथोकी
काठमाडौं, १४ जेठ । पछिल्लो १० वर्षमा बजेटको आकार ७ गुणाले बढेको छ । मुलुकमा लोकतन्त्र स्थापना पछि पहिलो पटक तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले बजेट ल्याएका थिए । उनले प्रस्तुत गरेको बजेटको आकार १ खर्ब ४३ अर्ब ९१ करोड २३ लाख रुपैयाँको थियो ।

त्यसपछि क्रमश बार्षिक बजेटको आकार बढ्दो छ । चालु आर्थिक वर्षका लागि सरकारले १३ खर्ब १५ अर्ब १६ रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटको आकार १५ खर्ब भन्दा माथि हुने निश्चित छ । राष्ट्रिय योजना आयोगले पनि आगामी वर्षका लागि १४ खर्ब ९३ अर्ब ९० करोड रुपैयाँको सिमा तोकि दिएको छ ।

आर्थिक वर्ष २०६२÷६३ को जनआन्दोलन पश्चात मुलुकमा लोकतन्त्र बहाली भए पश्चात १३ जना अर्थमन्त्रीले बजेट भाषण गरेका छन् । प्रस्तुत छ ति कुन मन्त्रीले कस्तो आकारको बजेट ल्याए ।

आर्थिक वर्ष २०६३÷६४ (रामशरण महत)
लोकतन्त्र पछिको पहिलो अर्थमन्त्री रामशण महत हुन् । उनले २०६३ असार २८ गते लोकतन्त्र पछिको पहिलो बजेट प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको बजेटको आकार १ खर्ब ४३ अर्ब ९१ करोड २३ लाख रुपैयाँको थियो । त्यस्तै उनले आर्थिक वर्ष २०६४÷६५ को पनि बजेट प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०६४÷६५ को बजेटको आकार १ खर्ब ६८ अर्ब ९९ करोड ५६ लाख रुपैयाँ थियो ।

आर्थिक वर्ष २०६५÷६६ (डा. बावुराम भट्टराई)
डा. बावुराम भट्टराईलाई सफल अर्थमन्त्रीको रुपमा चित्रण गरिएको थियो । उनी अर्थमन्त्री हुँदा सबैभन्दा बढी राजस्व संकलन भएको थियो । उनकै पालामा विभिन्न नयाँ कार्यक्रमहरुको थालनी गरिएको थियो । उनले २ खर्ब ३६ अर्ब १ करोड ५८ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएका थिए ।

आर्थिक वर्ष २०६६÷६७ (सुरेन्द्र पाण्डे)
सुरेन्द्र पाण्डेले २ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएका थिए । उनको पालामा तत्कालिन प्रधानमन्त्री माधव नेपालको राजिनामा मागेर संसद् अबरुद्ध गरेपछि संसद्मा बजेटमाथि प्रयाप्त छलफल हुन सकेको थिएन ।

आर्थिक वर्ष २०६७÷६८
यो बजेट पनि सुरेन्द्र पाण्डेले नै ल्याएका थिए । उनले यो आर्थिक वर्षको सुरुमा सरकारी खर्च चलाउँन मात्र बजेट पेस गरेका थिए । पछि ३ खर्ब ३७ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएका थिए ।

आर्थिक वर्ष २०६८÷६९ (भरतमोहन अधिकारी)
भरतमोहन अधिकारीले ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएका थिए । उनको पालमा ५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखिएको थियो । उनले बजेट भाषण गर्नुभन्दा पहिला नै बजेट सार्वजनिक भएपछि माफिसमेत माग्नु परेको थियो ।

आर्थिक वर्ष २०६९÷७० (वर्षमान पुन)
वर्षमान पुनले बजेट ल्याउँने पूर्ण तयारी गरेका थिए तर दलहरुको सहमति हुन नसकेपछि उनले ०७० मंसिरसम्म सरकारी खर्चलाई धान्ने एक तिहाँइ बजेट मात्र सार्वजनिक गरे । उक्त बजेटले विशेष गरि कृषिलाई प्रथमिकता दिएको थियो । तर, कृषिमा बजेटले खासै उपलब्धी भने दिन सकेन ।

आर्थिक वर्ष २०७०÷७१ (शंकरप्रसाद कोइराला)
शंकरप्रसाद कोइरालाले ५ खर्ब २० अर्ब रुपैयाँकोे बजेट ल्याएका थिए । यो बजेट दोस्रो संविधान सभाको चुनाव गर्नको लागि प्रध्यानन्याधीश खिलराज रेग्मी अध्यक्षको मन्त्रीपरिषद्का अर्थमन्त्री कोइरालाले ल्याउने अवसर पाएका थिए । राष्ट्रिय योजना आयोगको हर्क गुरुङ हलबाट बजेट प्रस्तुत गरिएको थियो ।

आर्थिक वर्ष २०७१÷७२ (डा.रामशरण महत)
डा.रामशरण महतले आर्थिक वर्ष २०७१÷७२ र आर्थिक वर्ष ०७२÷७३ मा बजेट ल्याउँन पाए । उनले आर्थिक वर्ष २०७१÷७२ मा ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँको बजेट ल्याएका थिए । त्यस्तै महतले आर्थिक वर्ष २०७२÷७३ मा ल्याएको बजेटको आकार ८ खर्ब ४१ अर्बको थियो । उक्त बजेटले भूकम्प पछिको पुनर्निर्माणलाई केन्द्रमा राखेको थियो ।

आर्थिक वर्ष २०७३÷७४ (विष्णु पौडेल)
तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को बजेट ल्याउने अवसर प्राप्त गरेका थिए । उनले त्यो बेला साढे १० खर्बको बजेट ल्याएका थिए ।

आर्थिक वर्ष २०७४÷७५ (कृष्ण बहादुर महरा)
तत्कालिन अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक वर्ष २०७४÷७५ को बजेट ल्याएका थिए । उनले १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएका थिए । यो बजेटले पनि भुकम्पपछिको पुनर्निर्माणलाई नै केन्द्रित गरेको थियो ।

आर्थिक वर्ष २०७५÷७६ (डा.युवराज खतिवडा)
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेट ल्याएका हुन् । उनले चालु आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट ल्याएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x