सार्वजनिक संस्थानको वित्तीय अवस्था : ३९ मध्ये ५ संस्थानको नाफा अर्व भन्दा माथि
काठमाडौं, १८ जेठ । सरकारी तथ्यांक अनुसार ३९ वटा सार्वजनिक संस्थानमध्ये अधिकांश फामा छन् । नाफामा भएका संस्थानहरुमध्ये पनि ५ वटा संस्थान उच्च नाफामा छन् ।
उच्च नाफा गर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल नागरिक उड्डयान प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल आयल निगम लिमिटेड र कृषि विकास बैंक लिमिटेड रहेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा खुद नाफा गर्ने संस्थानहरुमध्ये ८१.२५ प्रतिशत नाफा यी ५ संस्थानले गरेको अर्थ मन्त्रालयद्वारा जारीे ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७६’मा उल्लेख छ ।
आर्थिक वर्ष २०७४÷७५ मा नेपला दूरसञ्चार कम्पनी लिमिटेडले खुद नाफा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ गरेको छ । त्यस्तै नेपाल नागरिक उड्डयान प्राधिकरणले ४ अर्ब ४३ करोड ८१ लाख, राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ६५ करोड ९३ लाख, नेपाल आयल निगम ३ अर्ब ५८ करोड ७४ खाल र कृषि विकास बैंक लिमिटेडले ३ अर्ब ४४ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।
हाल नेपालमा सार्वजनिक संस्थानको संख्या ३९ रहेको छ । ती संस्थानमध्येमा तीन संस्थानहरु जनकपुर चुरोट कारखाना लिमिटेड, नेशनल कन्स्ट्रक्सन कम्पनी लिमिटेड र नेपाल इन्जिनियरिङ्ग कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेड बन्द हुने अवस्थामा छन् । ती बाहेक अहिले ३६ संस्थानहरु सञ्चालनमा रहेको र जनकपुर चुरोट कारखाना सञ्चालनमा नभएपनि भाडा उठिरहेको छ । जसमध्ये ११ संंस्थानहरु घाटामा र २६ वटा संस्थानहरु नाफामा रहेको उक्त सार्वजनिक संस्थानको समीक्षामा देखाइएको छ ।