Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

लाेकसेवाकाे विज्ञापन रद्द गरी करारमा कर्मचारी भर्ना गर्न संसदीय समितिकाे निर्देशन

लाेकसेवाकाे विज्ञापन रद्द गरी करारमा कर्मचारी भर्ना गर्न संसदीय  समितिकाे निर्देशन

काठमाडौं,२७ जेठ।  प्रतिनिधि सभा अन्तर्गतक राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । सिंहदरवारमा आज बसेको समिति बैठकले लोकसेवाको विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नभएको समितिको ठहर गर्दै विज्ञापन रद्द गर्ने निर्देशन दिएको हो ।

समितिले प्रदेश र स्थानीय तहको संगठन र व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दी संख्या यकिन भएपछि मात्र समानुपातिक समावेशी सिद्धान्तका आधारमा कर्मचारी प्रक्रिया अगाडि बढाउन संघीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । साथै स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्थापन गर्न संघको दरबन्दीमा रहेका पुल र फाजिल कर्मचारीलाई काजमा खटाउन र स्थायी पदपूर्ति नभएसम्म निश्चित मापदण्डका आधारमा करारमा कर्मचारी राख्ने व्यवस्था मिलाउन भनेको छ  । समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्रत्री लालबााबु पण्डितसँग छलफल लगतै यो निर्देशन दिएको हो । गत जेठ १६ गते लोकसेवाले स्थानीय तहका लागि ९ हजार नयाँ कर्मचारी भर्नाका लागि आब्हान गरेको थियो । हिजो सम्म झण्डै ७० हजार बढीले आवेदन दिइ सकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *