बजेटका सम्वन्धमा मन्त्रीले जवाफ दिदैं
काठमाडौं,६ असार । आर्थिक वर्ष २०७६/७७ का लागि पेश भएको बजेटमा सांसदले उठाएका प्रश्नको जवाफ दिने काम आजबाट शुरु भएको छ मन्त्रालयगत रुपमा विनियोजन गरिएका बजेट माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरूले दिने भएका हुन् ।
संसदको कार्यसुची अनुशार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसहित खानेपानी, सञ्चार तथा सूचना प्रविधि र युवा तथा खेलकूद मन्त्रालयमाथि उठेका प्रश्नका जवाफ शुक्रबार सवन्धित मन्त्रीले दिनेछन्।गत जेठ २८ गतेदेखि सुरु भएको मन्त्रालयगत छलफल हिजो सकिएपछि आजदेखि जवाफ दिने व्यवस्था सभामुख कृष्णबहादुर महराले गरेका छन् ।