Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मौद्रिक नीतिमा उद्योगी व्यवसायी एवमं बैंकर्सको सुझाव, बैंक मर्जरका लागि प्रोत्साहन आवश्यक

मौद्रिक नीतिमा उद्योगी व्यवसायी एवमं बैंकर्सको सुझाव, बैंक मर्जरका लागि प्रोत्साहन आवश्यक

काठमाडौं, २३ असार । उद्योगी व्यवसायी एवमं बैंकर्सहरुले बैंक तथा वित्तीय संस्थाहरुको फोर्स मर्जर आवश्यक नरहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफलमा उद्योगी व्यवसायी एवमं बैकर्सहरुले यस्तो सुझाव दिएका हुन् ।

छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले मर्जरका लागि राष्ट्र बैंकले प्रोत्साहन दिनु पर्ने बताए । राष्ट्र बैंकले ल्याएको मर्जर नीतिमा के कारणले कठिनाई आइरहेको हो त्यसमा राष्ट्र बैंकले बिशेष ध्यान दिनु पर्ने आवश्यकता औंल्याए ।

त्यस्तै नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले बैंक तथा वित्तीय संस्था केन्द्रीय बैंकका छोराछोरी भएको र त्यसको संरक्षण गर्ने जिम्मा पनि उसैको भएकोले फोर्स मर्जरमा भन्दा उनीहरुलाई इच्छ्याएको मर्जरमा जान दिनुपर्ने बताए ।

नेपाल उद्योेग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बैंकहरुको स्पिटदर ३ प्रतिशत कायम गर्नुपर्ने माग गरिन् । त्यसैगरी उनले महासंघले दिएको २१ बुँदे सुझाव मौद्रिक नीतिमा समावेश गर्न आग्रह गरिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x