Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग कक्षा २ की रेनुकालाई

सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग कक्षा २ की रेनुकालाई

काठमाडौं, २३ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न परिवारकी रेनुकालाई आर्थिक सहयोग गरेको हो ।

बैंकका जोमसोम शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।

रेनुकाको परिवार आर्थिक रुपमा विपन्न रहेको र उनी पढाईमा अब्बल भएकाले उनलाई आर्थिक सहयोग गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उनी शारिरिक अपाङ्गता भएको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x