नेपाल र साउदी अरेबियाबीच व्यापारीक सहकार्यमा जोड
काठमाडौं, ९ साउन । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि साउदी अरेबियाका राजदुत मसियद बिन सुलिमानबीच भेटवार्ता भएको छ । भेटका क्रममा लगानी, व्यापार,श्रम र आर्थिक अभिवृद्धिका विषयमा छलफल बताइएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देशको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ एवं सुदृढ कायम गर्नका लागि भूमिका खेल्न सुलिमानलाई आग्रह गरे । उनले दुई देशका उद्यमी व्यवसायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यावसायीक संंभावना पहिचान गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, नेपालका लागि साउदी अरबियाका राजदुत मसियद बिन सुलिमानले साउदी अरेयिबा र नेपाल चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिक एंव आपसी सुमधुर सम्बन्ध, गराउन सकिने बताउनुभयो । उहाँले व्यापार र पर्यटन विकासका लागि चेम्बरले भूमिका खेल्नुपर्ने बताए ।