आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौंमा हुँने

काठमाडौं, ११ साउन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौंमा हुने भएको छ । आगामी भदौ २ देखि ६ गते काठमाडौंमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।
सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् । आईकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता रहनेछ । यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् ।
आईकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली संघ, बोईङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (आयोटा) लगायत संघसंस्थाहरुको सहभागिता रहने क्यानका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।