Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

मुक्तिनाथ विकास बैंकले विराटनगरका दुई हस्पिटसँगमा स्वास्थ्य सेवामा सहकार्य गर्ने

मुक्तिनाथ विकास बैंकले विराटनगरका दुई हस्पिटसँगमा स्वास्थ्य सेवामा सहकार्य गर्ने

काठमाडौं, २७ साउन । मुक्तिनाथ विकास बैंकले विराटनगर स्थित संजिवनी हस्पिटल तथा आईभिएफ सेन्टरसंग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पत्रमा संजिवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

यसका साथै बैंकले विराटनगरकै विराट आँखा हस्पिटलसंग पनि बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पश्चात बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले संजिवनी हस्पिटल र विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *