नेप्से १४ सय विन्दु तल, २४.२ अंकले घट्यो शेयर बजार
काठमाडौं, १६ पौष । शेयर बजारको परिसुचक नेप्से परिसुचक १४ सय विन्दु तल झरेको छ । आइतबार शेयर बजार २४.२ अंकले घटेर १३९०.५८ विन्दुमा पुगेको छ ।
बियरिस ट्रेन्डमा रहेको शेयर बजार आज पनि घटेको हो । शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । यसरी शेयर बजारमा निरन्तर गिरावट हुँदा शेयरलगानीकर्ताहरुको लगानीमा असर परेको छ । शेयर बजारमा आइतबार १५८ कम्पनीहरुको १८ लाख २५ हजार १८२ कित्ता शेयरको किनबेचबाट ५८ करोड ७८ लाख २६ हजार ८१० रुपैयाँ कारोबार भएको छ । आइतबार २९ कम्पनीका शेयरलगानीकर्ताहरुले कमाएका छन् भने ११४ कम्पनीका शेयरलगानीकर्ताहरुले गुमाएका छन् ।
विशेष गरि कम्पनीहरुले गरेको लाभांश घोषणा र हकप्रद शेयर निष्कासनको लागि शेयर दर्ता किताब बन्द र शेयर मुल्य समायोजनको कारण शेयर बजारमा गिरावट आएको छ । बोनस शेयर र हकप्रद शेयरको कारण शेयर बजारमा शेयरको आपुर्ति बढ्न गएको छ । सोहि कारणले शेयर मुल्यमा असर परेको हो । अधिकांस कम्पनीहरुको शेयर मुल्यमा आएको कमीले नेप्से परिसुचकमा समेत गिरावट आएको छ ।