Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२०१७ को शेयर बजारको विश्लेषण

२०१७ को शेयर बजारको विश्लेषण

काठमाडौं, १६ पौष । वर्ष २०१७ शेयर बजारको लागि उपयुक्त मानिएन । यो वर्षमा शेयर बजारमा नयाँ शेयर थपिने क्रम बढ्यो । वर्षको पहिलो दिन जानवरी १ अर्थात २०७३ पौष १७ गते नेप्से परिसुचक १४६५.७२ विन्दुमा रहेको थियो । बर्षको शुरुवाती समयमा शेयर बजार घटेको थियो । शेयर बजार घट्ने क्रममा रहँदा फेब्रेवरी १२ अर्थात फाल्गुन १ गते नेप्से परिसुचक १२५२.५० विन्दुसम्म ओरालो लागेको थियो । त्यसपछि मुलुकमा स्थानिय निर्वाचनको लहरले शेयर बजारमा उत्साह देलाएको थियो । यसरी उत्साह दिलाउँदा शेयर बजार अप्रिल ११ अर्थात चैत्र २९ गते १७०९.८२ अंकमा पुगेको थियो ।

यस वर्ष नयाँ लघुवित्तहरुको प्राथमिक शेयर नेप्सेमा सुचिकृत भएका छन् । लघुवित्तहरुको शेयर सुचिकरणमा आएको वृद्धि र यी संस्थाहरुको संख्यामा आएको वृद्धिको कारण लघुवित्तहरुलाई विकास बैंक समुहबाट छुट्टाइएको छ । नौ वटा उपसुचकहरुको कारोबार हुँदै आएको शेयर बजारमा लघुवित्तको सुचक थपिएपछि १० वटा सुचकहरुको कारोबार भएको छ । यस्तै यो वर्ष विभिन्न कम्पनीहरुले घोषणा गरेका बोनस शेयर, हकप्रद शेयर र थप नयाँ शेयरहरु सुचिकृत भए । यसरी शेयरहरुको संख्यामा आएको वृद्धिका कारण शेयर बजारमा शेयरको आपुर्ति बढ्न पुगेको छ । शेयरको आपुर्ति बढेपनि माग भने बढ्न सकेको छैन । यसरी माग र आपुर्तिको असन्तुलनको कारण शेयर बजार घटेको विश्लेषकहरुले बताएका छन् ।

वर्षको पहिलो दिनको तुलनामा वर्षको अन्तिम दिनमा शेयर बजारको परिसुचक ७५.१४ अंकले घटेको छ । वर्षको पहिलो दिन शेयर बजार १४६५.७२ विन्दुमा रहेको थियो भने वर्षको अन्तिम दिन आज शेयर बजार १३९०.५८ विन्दुमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x