Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपाल इन्भेष्टमेन्ट बैंंक र इसेवा फोन पेबीच सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंंक र इसेवा फोन पेबीच सम्झौता

काठमाडौं, ६ असोज । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा फोन पे प्रा. लि. र नेपाल इन्भेष्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । अब उक्त बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु र सेवाहरूको सहजै भुक्तानी गर्न सकिने छ ।

सम्झौता अनुसार ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ्ग तथा कुनै पनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्ने छन् भने इसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।

पछिल्लो समयमा इसेवाले क्युआर कोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको कम्पनीले जनाएको छ । हाल इसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेको र क्युआर कोडमा इसेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्था समेत गरेको कम्पनीले जनाएको छ ।

हालसम्म इसेवामा ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
हाल बैंकले ८२ शाखा कार्यालय, १ सय २० एटीएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखा रहित बैंकिङ काउन्टरमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x