Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पोखरा फाइनान्सको साढे ९ प्रतिशत बोनस

पोखरा फाइनान्सको साढे ९ प्रतिशत बोनस

काठमाडौं, २१ पौष । पोखरा फाइनान्स कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको विहीबार सम्पन्न ४३९ औं बैठकले सो लाभांश घोषणा गरेको हो । फाइनान्सले हालै धितोपत्र बोर्डबाट चुुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति प्राप्त गरेको छ । हकप्रद शेयरलाई समेत समायोजन गर्दा बोनस दर ८.२६ प्रतिशत हुने कम्पनीले जनाएको छ ।
कम्पनीले गत वर्ष प्रति कित्ता २१० मा एफपीओ जारी गरी रिजर्भ कोष वृृद्धि गरेको छ । कम्पनीले चुक्ता पुँजीको ९.५ प्रतिशतले हुन आउने ६ करोड २२ लाख ९९ हजार ९०७ रुपैयाँको बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशतले हुन आउने ३२ लाख ७८ हजार ९४२ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।
बोनसपछि फाइनान्सको चुक्ता पूँजी ७१ करोड ८० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले १५ प्रतिशत बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद पुस ३० गतेदेखि विक्री गर्देछ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x