Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

कोरोना भाइरसको डरले हाम्रो कार्यक्रम रोकिँदैनन्: सुरज बैद्य

कोरोना भाइरसको डरले हाम्रो कार्यक्रम रोकिँदैनन्: सुरज बैद्य

काठमाडौं, १७ फागुन । चीनबाट पर्यटकहरु नेपाल भ्रमणमा आउँन छोडेपछि नेपाल भ्रमण वर्ष २०२० मा लक्ष्यअनुसार पर्यटक नभित्रने भएका छन् । केही समयदेखि चीनबाट फैलिएको कोरोना भाइरस युरोपियन मुलुक र अन्य मुलुकहरुमा पनि फैलिएकाले नेपालले भ्रमण वर्षको लक्ष्य पुरा नहुँने देखिएको हो । नेपाल भ्रमणमा आउँने अधिकांश चिनियाँ पर्यटकहरु हुन्छन् । तर, अहिले उनीहरुको आगमन ठप्प भएकाले नेपाल भ्रमण वर्ष प्रभावित बनेको हो ।

कोरोना भाइरसको कारण भ्रमण वर्षका कार्यक्रम स्थगित नगर्ने भ्रमण वर्ष राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले बताए । उनका अनुसार चीनबाट भ्रमण वर्षमा अत्याधिक पर्यटक आउँने अपेक्षा गरिएको थियो । तर, अब लक्ष्यअनुसार पर्यटक नआएपनि भ्रमण वर्षका कार्यक्रम नरोक्ने उनी बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x