Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

हकप्रद पछि एशियन लाइफको मुल्य समायोजन

हकप्रद पछि एशियन लाइफको मुल्य समायोजन

काठमाडौं, ८ माघ । एशियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने भएपछि मुल्य समायोजन भएको छ । इन्स्योरेन्सको प्रति शेयर ९११ रुपैयाँमा मुल्य समायोजन नेप्सेले गरेको छ । यस्तै इन्स्योरेन्सको शेयर आधार मुल्य ८९२ रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनको लागि माघ ८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार ७ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

धितोपत्र बोर्डबाट २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएसँगै एसियनले बुकक्लोज तोकेको हो । गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैंयाँ पुर्याएको इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाँको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैयाँ पुग्नेछ । बिमा समितिको निर्देशन अनुसार जीवन बिमा कम्पनीले ७५ असार मसान्तसम्म चुक्ता पुँजी २ अर्ब रुपियाँ पु¥याइसक्नुपर्छ । तोकिएको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंयाँ पूँजी विस्तार गर्नुपर्ने हुन्छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५४ पैसा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x