Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर लगानीकर्तालाई बोर्डको थप कडाई, परिमार्जित केवाइसी भर्नुपर्ने

शेयर लगानीकर्तालाई बोर्डको थप कडाई, परिमार्जित केवाइसी भर्नुपर्ने

काठमाडौं, ९ माघ । नेपाल धितोपत्र बोर्डले शेयर दलालको कार्यालयमा ग्राहक विवरण (केवाइसी) भर्दा बुझाउनुपर्ने विवरणमा थप परिमार्जन गरेको छ । पुरानो विवरण अनुसार आफ्नो व्यक्तिगत विवरण मात्र भरे पुग्ने गरेकोमा परिमार्जित ग्राहक विवरण (केवाइसी) मा मुख्यतः ग्राहकको परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, ग्राहकको वसोवास गर्ने स्थानको नक्शा, इन्भेष्टमेन्ट कम्पनीमा संलग्न भए नभएको विवरण धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको उद्घोषण, कम्पनी÷संस्थाको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण तथा कम्पनी÷संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिनपुस्ते विवरण जस्ता थप विवरणहरु समावेश गरिएको छ ।
लगानीकर्ताको हित संरक्षण, स्वच्छ तथा पारदर्शी वजारको विकास तथा शेयर कारोवारमा निहित जोखिमसमेत न्युनिकरण गर्ने उद्देश्यवाट वोर्डवाट तयार गरिए बमोजिमको विवरण (केवाइसी) उपलव्ध गराएर मात्र शेयर कारोवारमा संलग्न हुन बोर्डले सम्पूर्ण लगानीकर्तामा अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x