Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

आजदेखि काठमाडौंका चोक–चोकमा माटो ब्राण्डका फलफूल र तरकारी

आजदेखि काठमाडौंका चोक–चोकमा माटो ब्राण्डका फलफूल र तरकारी

काठमाडौं, १६ चैत । देशको अग्रणी व्यावसायिक घराना गोल्यान ग्रुपले माटो ब्राण्डका तरकारी, फलफूल र दैनिक उपभोग्य वस्तु मोबाइल भ्यानमा काठमाडौं उपत्यकाका विभिन्न चोकमा उपलब्ध गराउने भएको छ ।
बिहान साढे ८ बजेदेखि ९ बजेसम्म आर्मी ब्यारेक, झम्सिखेल हुँदै ९ः४५ देखि १०ः ४५ सम्म कृष्ण गल्ली पाटनमा मोबाइल भ्यानमा दैनिक उपभोग्य र फलफूल तरकारी बिक्री हुनेछ ।
गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यानका अनुसार, गोल्यान ग्रुपले झापामा उत्पादन गरेको अग्र्यानिक तरकारी काठमाडौं ल्याएर बिक्री गर्न लागेको हो । लकडाउनमा रहेका उपत्यकाबासीलाई सुविधा दिन उपत्यकाका विभिन्न स्थानमै मोवाइल भ्यानमार्फत् बिक्री गरिन लागेको हो ।
११ देखि १२ बजेसम्म वेस्टार आवास क्षेत्र बालकुमारी, सवा १२ देखि सवा १ सम्म केएमसी सिनामंगल, साढे १ देखि साढे २ सम्म ज्ञानेश्वर चोक, पौने २ देखि पौने ३ सम्म नक्साल भाटभटेनी मन्दिर नजिक र ४ देखि ५ बजेसम्म चुनदेवी चोकमा मोबाइल भ्यानमार्फत् तरकारी, फलफूल तथा दैनिक उपभोग्य बिक्री हुनेछ । त्यस्तै, सवा ५ देखि सवा ६ सम्म सोल्टीमोडमा व्यापार हुने गोल्यान समूहले जनाएको छ ।
उक्त क्षेत्रमा खरिद गर्न चाहानेले ९८०१०६१८६१, ९८०१०६८०९४ र ९८०१००६९१६ मा सम्पर्क गर्न गोल्यान समूहले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x