Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

गभर्नर सिफारिश समिति बन्यो, को बन्ला नयाँ गभर्नर?

गभर्नर सिफारिश समिति बन्यो, को बन्ला नयाँ गभर्नर?

काठमाडौं, १७ चैत । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिशका लागि समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको करिब दुई सातापछि हिजोको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको सम्मिलित समिति गठन गरेको हो । समितिको बैठकले आगामी गभर्नरमा तीन जनाको नाम सिफारिश गर्नेछ । जसमा नेपाल राष्ट्र बैंकका एक डेपुटी गभर्नर अनिवार्य समावेश हुनेछन् ।
चैत ५ देखि रिक्त भएको नेपाल राष्ट्र बैंकको १७औं गभर्नरका लागि कामु गभर्नरको जिम्मेवारी पाएका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीसहित पूर्व डेपुटी गभर्नर एवं लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, पूर्व अर्थसचिव डा. राजन खनाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्व सचिव लालशंकर घिमिरे लगायतको नाम चर्चामा छ ।
अर्थमन्त्रीले भने पीएचडी गरेको व्यक्ति नेपाल राष्ट्र बैंकको आगामी गभर्नरको सम्भावित उम्मेद्वार हुने संकेत गरेका छन् । अहिले दौडमा रहेकाहरुको सूचीमा डा. राजन खनाल र डा. मीनबहादुर श्रेष्ठमात्र पीएचडी हुन् । यद्यपि, गभर्नर चयनमा अर्थमन्त्रीको पल्लाभारी हुन्छ या प्रधानमन्त्री हावी हुन्छन् भन्नेचाहिं गभर्नर नियुक्ति गर्ने मन्त्रिपरिषद् बैठकमा तय हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x