Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विदेशमा अध्ययनरत नेपालीलाई एनओसीविना नै डलर पठाउन सकिने

विदेशमा अध्ययनरत नेपालीलाई एनओसीविना नै डलर पठाउन सकिने

काठमाडौं, २४ काठमाडौं । कोरोनाका कारण प्रभावित विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई डलर पठाउन अब नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । उक्त सर्टिफिकेट विना नै सटहीको सुविधा दिन सरकारले निर्देशन दिएपछि नेपाल राष्ट्र बैंकले एनओसी चाहिने प्रावधान हटाएको हो ।
यसअघि डलर सटही गर्न अनिवार्य रूपमा एनओसी आवश्यक पथ्र्यो । एनओसीविना डलर सटही सुविधा प्रदान गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
नेपाली विद्यार्थीका अभिभावकले अब बढीमा ५०० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा एकचोटि मात्र पठाउन सक्नेछन् । विभिन्न देशमा अध्ययरत विद्यार्थीलाई कोरोना भाइरसको महामारी र लकडाउनका कारण दैनिक खर्च व्यवस्थापनमा समस्या हुन नदिन मन्त्रिपरिषद्ले उक्त निर्देशन दिएको थियो ।
भारतबाहेकका तेस्रो मुलुकमा अध्ययनरत विद्यार्थीको हकमा दोस्रो पटकदेखि शिक्षण शुल्क तथा निर्वाह शुल्कबापतको रकम सटहीका लागि नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको थियो । सटही सुविधामा एनओसी आवश्यक नपरे पनि सम्बन्धित अन्य डकुमेन्ट भने देखाउनुपर्नेछ ।।
राष्ट्र बैंकका अनुसार अभिभावकमार्फत एनओसीविना पठाइएको रकमको लाभग्राही हाल विदेशमा रहेका नेपाली विद्यार्थी हुनुपर्नेछ । दैनिक निर्वाह खर्चबापतको रकम पठाउँदा विदेशमा रही अध्ययन गरिरहेको प्रमाणित हुने कागजातसहित बैंक तथा वित्तीय संस्थामा निवेदन पेश दिनुपर्ने हुन्छ ।
यस्तो सुविधा दिएको विवरण बैंकहरूले महीना सकिएको १ हप्ताभित्र केन्द्रीय बैंकमा पेश गर्नुपर्नेछ । यसरी पठाइएको रकमको दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक तथा आफन्त जिम्मेवार हुनुपर्ने चेतावनी समेत राष्ट्र बैंकले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x