वायुसेवा संचालक संघमा कार्कीको अध्यक्षमा नयाँ कार्यसमिति चयन

काठमाडौ, १४ माघ । नेपाल वायु सेवा संचालक संघमा पवित्र कुमार कार्कीको अध्यक्ष्यतामा ११ सदस्सीय नयाँ कार्य समिति चयन भएको छ । संघको १७ औं बार्षिक साधारण सभाले आगामी दुई बर्षका लागि कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । कार्की एयर डाइनाष्टीमा आवद्ध छन् ।
नयाँ कार्य समितिको उपाध्यक्ष राजेन्द्र बहादुर सिंह, द्धितिय उपाध्यक्ष मनोज रिमाल , महासचिव मनोज कार्की , सचिव राजु न्यौपाने, कोषाध्यक्ष रुपेश जोशी रहेका छन् । त्यस्तै सदस्यहरुमा गोपाल प्रसाद भट्टराई, राजेन्द्र शाक्य, क्या.दिपक जवरा, प्रेम कुमार थापा, विरेन्द्रराज श्रेष्ठ रहेका छन् ।