Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दैनिक उठाउँने राजस्वले दैनिक खर्च धान्ने स्थिति छैन्ः अर्थमन्त्री खतिवडा

दैनिक उठाउँने राजस्वले दैनिक खर्च धान्ने स्थिति छैन्ः अर्थमन्त्री खतिवडा

काठमाडौं, ३२ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा दैनिक उठाउँने राजस्वले दैनिक खर्च धान्ने स्थिति नरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्री खतिवडाले राजस्वको स्थिति अफ्ठ्यारो रहेको स्वीकारेका हुन् । ‘राजस्वको स्थिति अफ्ठ्यारो छ ।’ उनले भने, ‘यसलाई स्वीकार्न हामीले नै सार्वजनिक गरेको तथ्यांक हो । तथ्यांक तिनै हुन् ।’ सरकारले सार्वजनिक गरेको तथ्यांक नै बास्तविकता भएको उनको भनाई छ ।

त्यस्तै दैनिक उठ्ने राजस्वले सरकारको दैनिक खर्च धान्न नसक्ने मन्त्री खतिवडाले बताए । उनले भने, ‘हामीले दैनिक जति राजस्व उठाउँछौं, त्यो राजस्वले हाम्रो दैनिक खर्च धान्ने स्थिति छैन् ।’ मासिक ४० अर्ब रुपैयाँ अनिवार्य दायित्वमा खर्च हुने गरेको मन्त्री खतिवडाले बताए । मासिक रुपमा भन्सारबाट १५ अर्ब रुपैयाँ मात्र उठ्ने र केही अर्ब रुपैयाँ आन्तिरिक राजस्वबाट उठ्ने गरेकोले चालु खर्चको अनिवार्य दायित्वलाई पुरा गर्न थप प्रयास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

ती प्रयासहरु भनेका सरकारका कतिपय कोषहरुबाट नै गर्नुपर्ने देखिएको उनले बताए । ‘सरकारकै नीति ड्राइभर्सनबाट र ट्याक्सका हाम्रा दरबन्दीहरुका ड्राइभर्सनबाट गएर खडा भएका कोषहरु छन् । त्यसरी सृजना भएका रोयल्टीहरु छन् ।’ मन्त्री खतिवडाले भने, ‘त्यस्ता रोयल्टीहरु पनि हामीले अहिले कानुनसम्मत ढङ्गले राजस्वमा दाखिला गर्ने कुरा गरेका छौं ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x