Date

शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

सिटिजन्स बैंकको नाफा साढे २७ प्रतिशत घट्यो

सिटिजन्स बैंकको नाफा साढे २७ प्रतिशत घट्यो

काठमाडौं, २९ साउन । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६–०७७ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २३.७३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।

गत वर्षको बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत बढेर २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ पुगेको छ। ८८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको निष्क्रिय कर्जा १.१३ प्रतिशतबाट बढेर १.४६ प्रतिशत पुगेको छ। यस्तै, बैंकको जगेडा कोषमा ३ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *