उपत्यकामा आगामी १७ गतेसम्म निषेधाज्ञा जारी रहने
काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । गत ३ गतेदेखि जारी निषेधाज्ञा आगामी १७ गते राति १२ बजेसम्मका लागि थप गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ । निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा पनि रोक लगाइएको छ ।