Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ल्हासा र हङकङको महावाणिज्यदूतमा नवराज ढकाल र उदय रानामगर

ल्हासा र हङकङको महावाणिज्यदूतमा नवराज ढकाल र उदय रानामगर

काठमाडौं, १६ भदौ र । सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले सहसचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिन्यदूत नियुक्त गरेको हो।
रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। महावाणिज्यदूत नियुक्ति प्रक्रियाका लागि अघिल्लो मन्त्रिपरिषदले दुबैलाई परराष्ट्र मन्त्रालय सरुवा गरेको थियो। सरुवाअघि रानामगर झापाका प्रमुख जिल्ला अधिकारी थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको प्रजिअका रुपमा एक वर्ष काम गरे ।
ढकाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए । निजामति सेवामा ढकालले प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेर काम गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x