सुनको मूल्य प्रतितोला ९०० बढ्यो
काठमाडौं, १६ भदौ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आनुसार हिजो प्रतितोला ९७ हजार ५०० रुपैयाँ तोकिएको छापावाला सुनको मूल्य आज प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको हो ।
त्यस्तै तेजावि सुनको मुल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य ३० रुपैयाँ वृद्धि भई प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ । विगतमा सुनको मूल्य बढेर १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेर ऐतिहासिक मुल्य कायम गराएको छ ।