Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

५० हजार टन युरिया मल पैंचो दिन बंगलादेश सहमत

५० हजार टन युरिया मल पैंचो दिन बंगलादेश सहमत

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोनमार्फन् कुराकानी गरेका छन् । उनले बंगलादेशी स्वतन्त्रता सेनानी शेख मुजिबर रहमानको जन्म जयन्तीको अवसर पारेर भएको कुराकानीमा प्रधानमन्त्री ओलीले दुई देशका साझा चासो, जलविद्युत् विकासमा सहकार्य, नेपालबाट बंगलादेशमा विद्युत् व्यापारका लागि ग्रीड कनेक्टिभिटी, यातायात सम्पर्क सुधार, व्यापार र पर्यटन प्रवद्र्धन लगायतका विषयमा कुराकानी भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले रोहनपुर–सिंहवाद रेलवे लाइन नेपालसँगको व्यापरका लागि प्रदान गरेकोमा धन्यवाद दिए ।
छलफलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा दुवै मुलुकले गरेका प्रयासहरु साथै आगामी दिनमा कोभिड–१९ को रोकथामका लागि आपसी सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको थियो । बंगलादेशी प्रधानमन्त्री हसिनाले पनि नेपालले कोभिड–१९ नियन्त्रणका लागि गरेका प्रयासको प्रशंशा गरेकी थिइन् । बंगलादेशले हालै नेपाललाई ५,००० बोटल रेम्डेसिभिर इन्जेक्सन सहित केही चिकित्सा सामग्री उपलब्ध गराएकोमा ओलीले हसिनालाई धन्यवाद दिएका थिए । बंगलादेश ठूलो जनसंख्या भएर पनि खाद्यान्न बचत गर्न सक्ने देश बनेकोमा ओलीले बंगलादेशी प्रधानमन्त्रीलाई बधाई दिए ।
नेपालले पनि कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर हुन चाहेको विषयमा चर्चा गर्दै प्रधानमन्त्री ओलीले बंगलादेशको उदाहरण आफ्नो मुलुकका लागि अनुकरणीय हुन सक्ने धारणा राखे । यसै क्रममा उनले बंगलादेशसँग ५०,००० टन युरिया मल पछि फिर्ता दिने गरी पैंचो मागेका छन् । प्रधानमन्त्री ओलीले हिउँदे बाली लगाउने समयमा मल अभाव हुन सक्ने भन्दै प्रधानमन्त्री हसिनासँग सहयोग मागेका हुने । बंगलादेशसँग ठूलो परिमाणमा मल स्टक रहेको छ । ओलीको प्रस्तावलाई बंगाली प्रधानमन्त्री हसिनाले सकारात्मक रुपमा लिएको बताएकी छिन् ।
संवादका क्रममा ओलीले नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री हसिनाले क्षेत्रीय आर्थिक सहयोग अभिवृद्धिका लागि दिएको अभिव्यक्तिको चर्चा गर्दै उक्त मार्गमा मुखरित हुन पहल गर्ने सम्बन्धमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले बंगलादेशी प्रधानमन्त्रीको लामो समयपछि नेपालमा भएको भ्रमण सफल भएको चर्चा गर्दै यसले द्विदेशीय सम्बन्धलाई नयाँ उचाइमा लगेको बताएका थिए । दुवै मुलुकबीच पारस्पारिक लाभ क्षेत्रलाई प्रवद्र्धन गर्दै मजबुत सम्बन्ध विकास गर्दै जाने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x