Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

जापानबाट मिश्रले भने – ‘छानविनमा सघाउन तयार छु’

जापानबाट मिश्रले भने – ‘छानविनमा सघाउन तयार छु’

काठमाडौं, १७ भदौ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रले आफूले अख्तियारलाई पूर्ण सहयोग गर्ने बताएका छन् । पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेका मिश्रले आफू अख्तियारको दायराबाट नभागेको भन्दै थप प्रमाण आयोगमा उपलब्ध गराउने बताएका छन् ।

मिश्रले विज्ञप्ति मार्फत भनेका छन्, ‘राजनीतिक आवरणमा भएको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानबिनका लागि सहयोग गर्छु ।’ अख्तियारले आवश्यक सहयोगका लागि भनी आफूलाई पत्र पठाएको तर काम विशेषले जापान आएको मिश्रले बताए ।

अख्तियारले पत्रमार्फत आफूलाई बाँस्कोटाको अडियो रेकर्ड गर्दाको रेकर्डिङ डिभाइस बुझाउन भनेको र उक्त डिभाइस जापानबाट लिएर फर्कने मिश्रले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x