Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

पर्यटन क्षेत्रलाई संकटबाट उठाउन विशेष व्यवस्था गर्न परिसंघको माग

पर्यटन क्षेत्रलाई संकटबाट उठाउन विशेष व्यवस्था गर्न परिसंघको माग

काठमाडौं, ३ असोज । कोरोना महामारीका कारण पर्यटन क्षेत्र धरासायी बन्दै गएकोले यसलाई संकटबाट उठाउनको लागि सरकारले विशेष व्यवस्थाहरु गर्नुपर्ने नेपाल उद्योग परिसंघले माग गरेको छ । परिसंघका पदाधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच शुक्रवार भएको भेटमा यस्तो माग गरिएको छ ।
अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नु पर्ने र होटलहरुलाई गुणस्तर र सेवा सुविधाको आधारमा शुल्क निर्धारण गरी क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउनको लागि प्रोत्साहन गर्नुपर्ने धारणा परिसंघले राखेको थियो । त्यसैगरी उड्डयन क्षेत्र विगत ६ महिनादेखि नराम्ररी प्रभावित भएकोले यसमा आवद्ध लगानी कर्ताहरु निरास भइरहेका छन् । रोजगारीको ठूलो हिस्सा ओगटेको उड्डयन क्षेत्रमा देखिएको अन्योलता र सो क्षेत्रका जायज मागहरुलाई सरकारले अविलम्ब सम्बोधन गर्नु पर्ने माग परिसंघको छ ।
हाल उड्डयनमा सरकारले तोकेको यात्रु संख्या र सो यात्रु संख्याको आधारमा तोकिएको भाडादर समय सापेक्ष र व्यावहारिक नभएकोले यसलाई पुनर्विचार गरी पुनः दर निर्धारण गर्न मन्त्रीसमक्ष अनुरोध गरिएको छ । छलफलमा मन्त्री भट्टराईले कुनै पनि देशबाट नेपाल आउने नागरिकले विगत ७२ घण्टा भित्र पिसिआर टेष्ट गरी रिपोर्ट नेगेटिभ भएको यात्रुलाई सहज रुपमा गन्तव्यसम्म जाने व्यवस्था सरकारले गरेको बताएका थिए ।
पर्यटन तथा उड्डयन व्यवसाय र यसमा आवद्ध कर्मचारी तथा मजदुरहरु नराम्ररी प्रभावित भएकोले यसलाई गम्भिरतापूर्वक लिनको लागि परिसंघले मन्त्री समक्षा अनुरोध गरेको छ । छलफलमा परिसंघको तर्फबाट अध्यक्ष सतीशकुमार मोर र वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x