Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चालू आवको २ महिनामा करिब २० प्रतिशतले घट्यो वैदेशिक व्यापार

चालू आवको २ महिनामा करिब २० प्रतिशतले घट्यो वैदेशिक व्यापार

काठमाडौं, १४ असोज । गत आर्थिक वर्ष २०७७–०७८ (आव) को पहिलो दुई महिनाको तुलनामा मुलुकको वैदेशिक व्यापारमा करिब २० प्रतिशतले ह्रास आएको छ ।

भन्सार विभागका अनुसार गत आव २०७६÷७७ को साउन र भदौ महिनामा गरी २ खर्ब ४८ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । तर चालू आवको गत दुई महिनामा १ खर्ब ९९ अर्ब २८ करोडमा सीमित भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा १९.६४ प्रतिशत कम हो । गत आवको दुई महिनाको तुलनामा मुलुकमा आयात समेत २२ प्रतिशतले घटेको पाइएको छ ।

भन्सार विभागका अनुसार गत आवको साउन–भदौमा २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँको आयात भएकोमा चालू आवको यसै अवधिमा १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको छ ।

गत आवको पहिलो दुई महिनाको तुलनामा निर्यात भने बढेको छ । गत आवको सो अवधिमा १८ अर्ब ५० करोड बराबरको निर्यात भएकोमा चालू आवको दुई महिनामा २० अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको छ । विभागका अनुसार चालू आवको भदौ महिनामा मुलुकबाट २० अर्ब रुपैयाँको निर्यात र १ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x