Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुधारियो चिया निर्यात, आवको २ महिनामा १४७ प्रतिशतको वृद्धि

सुधारियो चिया निर्यात, आवको २ महिनामा १४७ प्रतिशतको वृद्धि

इलाम, ३० असोज । चालू आर्थिक वर्ष (आव)को पहिलो २ महिनामा नेपालबाट चिया निर्यात उत्साहजनक रहेको छ । विगतका वर्षहरूमा चियाको निकासी ऋणात्मक रहँदै आएकोमा चालू आवको साउन र भदौ महिनामा गत आवको तुलनामा चियाको निर्यात करिब डेढ सय प्रतिशतले बढेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत (आव) २०७६÷७७ को पहिलो २ महिनामा रू. ६४ करोड २३ लाख १ हजार बराबरको चिया निर्यात भएको चालू आवको यसै अवधिमा रू. १ अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको राससमा उल्लेख छ, जुन १४७ प्रतिशत बढी हो ।
गत आवको सोही अवधिमा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको छ । चियाको निकासीमा बढ्नुको कारण भारतमा चिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ छ । निकासी बढे पनि नेपालमा चियाको उत्पादन भने नबढेको बताइएको छ । गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि चालू आवमा निकासी हुँदा तथ्यांक बढेको हुन सक्ने अनुमान समेत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x