एडीबीले विमानस्थल स्तरोन्नती र नदीजन्य बाढी जोखिम व्यवस्थापनका लागि सहयोग गर्ने
काठमाडौं, ८ पुस । एसियन विकास बैंक (एडीबी) ले १५० मिलियन डलर (१७ अर्ब ८२ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण कर्जा विमानस्थलको स्तरोन्नतीका लागि उपलब्ध गराउने भएको छ । यसका साथै ४० मिलियन डलर सहुलियतपूर्ण कर्जा र १० मिलियन डलर अनुदान नदीजन्य बाढी जोखिम व्यवस्थापनका लागि उपलब्ध गराउने भएको छ ।
नेपाल सरकार र एडीबीबीच भएको उक्त सम्झौतामा अर्थमन्त्रालयका सह सचिव श्रीकृष्ण नेपाल र एडीबीका कातर्फबाट रुडी लोउइस हेन्डिकुस भेन डेलबीच हस्ताक्षर गर ।
सम्झौता अनुसार १५० मिलियन अमेरिकी डलर विमानस्थलको क्षमता विस्तारमा खर्च हुनेछ । जसमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यालालल ट्याकसी वे, ह्याङगर, ह्याङगर एप्रोन, आगामी प्रोजेक्टको डिजाइनका साथै भैरहवास्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माणका लागि खर्च हुनेछ ।
यस्तै ४० मिलियन डलरको सहुलियतपूर्ण ऋण र १० मिलियन डलर अनुदान भने नदीजन्य बाढी जोखिम व्यवस्थापनमा खर्च हुनेछ ।