अर्थले नेपाल बैंकको लाभांश घटाएपछि अध्यक्षले राजीनामा दिए
काठमाडौं, २६ माघ । नेपाल बैंकको लाभांश वितरण गर्ने निर्णयमा अर्थमन्त्रालयले असहमति जनाएको छ । अर्थले गतआर्थिक वर्ष २०७६–०७७ को वितरण योग्य मूनाफाका आधारमा मात्रै लाभांश वितरण गर्न भने पनि त्यो भन्दा धेरै लाभांश वितरण गर्ने निर्णय गरेको भन्दै मन्त्रालयले सहमति नदिएको बुझिएको छ।
बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । तर मन्त्रालयले भने पूर्वसहमति विपरीत लाभांश प्रस्ताव गरी साधारणसभाबाट पारित गरेको भन्दै त्यसलाई ७ प्रतिशतमा घटाइदिएको जानकारी प्राप्त भएको छ। मन्त्रालयले साधारण सभाबाट पारित भएको लाभांश रकम घटाई दिएपछि बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएका छन्।
सरकारी बैंकले लाभांश वितरण गर्न अर्थमन्त्रालयबाट समेत सहमति लिनु पर्ने व्यवस्था छ ।