Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सिँगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन निर्माण तीव्र, डेढ महिनामा सम्पन्न हुने

सिँगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन निर्माण तीव्र, डेढ महिनामा सम्पन्न हुने

दोलखा, २ फागुन । जग्गा विवादका कारण लामो समयदेखि ढिलासुस्ती हुँदै आएको सिँगटी– लामोसाँघु १३२ केभी प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको आठवटा टावरको जग निर्माण भएसँगै कामले तीव्रता पाएको हो । सन् २०१२ को अन्त्यमै सम्पन्न हुनुपर्ने प्रसारण लाइन निर्माण विभिन्न ठाउँमा जाग्गा विवादका कारण सुस्त बनेको थियो ।

प्रसारण लाइनका लागि निर्माण गर्नुपर्ने १२५ ओटा टावरमध्ये ११७ टावरको निर्माण सम्पन्न भइसकेको तथा बाँकी आठओटा टावरको जग निर्माण गर्ने काम सकिएको लामोसाँघु–सिँगटी प्रसारण लाइन आयोजनाका आयोजना प्रमुख राजन ढुंगेलले जानकारी दिएका छन् । जग निर्माणको काम सकिएकाले अब टावरका लागि आवश्यक सामान निर्माणस्थलमा पु¥याउने काम भइरहेको उनले बताए ।

४० किलोमिटर डबल सर्किट तार तान्नुपर्नेमा निर्मित टावरहरूमा करिब ३१ किलोमिटर सिंगल सर्किट तार तान्ने काम समाप्त भएको आयोजनाले बताएको छ । ८ ओटा टावर निर्माण गर्ने, सिंगल सर्किट तार तान्ने तथा विद्युत् प्रसारण गर्न सिँगटी तथा लामो साँघुमा रहेका सबस्टेशनमा उपकरण जडान गर्न प्राविधिक रूपमा अब डेढ महिना लाग्ने आयोजना प्रमुख ढुंगेलले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x