कुमारी इक्विटी फण्डको सार्वजनिक निष्कासन फागुन १४ देखि
काठमाडौं, ६ फागुन । कुमारी इक्विटी फण्डको इकाइ फागुन १४ गतेदेखि निष्कासन हुने भएको छ । कुमारी क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाइ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
दशवर्षे बन्दमुखी प्रकृतिको यस योजनाको १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणा लागि विक्री हुने भएको छ । योजना न्यूनतम १०० देखि ८० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
फण्डको इकाइमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएको खण्डमा फागुन २८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले बताएको छ । १० वर्ष अवधिको उक्त फण्डको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।