Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

वैदेशिक व्यापारमा झीनो सुधार

वैदेशिक व्यापारमा झीनो सुधार

काठमाडौं, ६ फागुन । कोरोना महामारीको प्रभाव कम हुँदै गएसँगै मुलुकबाट हुने वैदेशिक व्यापारमा झीनो अंकले सुधार आएको देखिन्छ । भन्सारको विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकको ८ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको सोही अवधिमा भने ८ खर्ब ६८ अर्ब ५६ करोड बराबरको भएको थियो ।
चालू आवको पहिलो ७ महिनामा भएको वैदेशिक व्यापारको हिस्सा गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ९९ करोड अर्थात् ०.५७ प्रतिशतले धेरै हो ।

यस अवधिमा भएको कुल वैदेशिक व्यापारमा ८ खर्ब ३ अर्ब ६४ करोड बराबरको आयात भएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको थियो । यस्तै चालू आवको माघ मसान्तसम्ममा ६९ अर्ब ९१ करोड बराबको वस्तु तथा सेवा निर्यात भएको छ । गत आवको सोही अवधिमा भने ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

चालू आवको माघ महिनाको मात्र निर्यात भने ९ अर्ब ११ करोड रुपैयाँ बराबरको भएको छ । गत आवको सोही महिनामा मुलुकबाट ९ अर्ब ९८ करोड बराबरको निर्यात भएको थियो । यस्तै चालू आवको माघ महिनामा मात्र १ खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आवको सोही अवधिमा भने १ खर्ब २१ करोड रुपैयाँ बराबरको आयात भएको गियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x