माथिल्लोे पिलुवाखोला–३ आयोजनाका लागि लगानी जुट्यो, लक्ष्मी बैंकको अगुवाइमा दुई बैंकले ६५ करोड ६९ लाख लगानी गर्ने

काठमाडौं, ११ फागुन । संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण हुने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । माबिलुङ्ग इनर्जी लिमिटेडले निर्माण गर्ने उक्त आयोजनामा लक्ष्मी बैंक लि.को अगुवाइमा माछापुच्छ«े बैंक लि.समेत जम्मा २ वाणिज्य बैंकले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएका हुन् । यससम्बन्धी सम्झौतापत्रमा सोमवार कम्पनी र बैंकका प्रतिनिधिबीच हस्ताक्षर भएका छ । उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रहेको छ ।
माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल श्रावण ९ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । बैंकहरुले आयोजना लागतको ७० प्रतिशत (६५ करोड ५९ लाख) लगानी गर्नेछन् । वाँकी ३० प्रतिशत कम्पनीको स्वपूँजी रहनेछ । उक्त आयोजनाका लागि सहभागी बैंकहरुले गर्ने आवधिक कर्जा अन्तर्गतको लगानी निम्न बमोजिम रहेको छ ।
नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९÷२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएकाछन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेको छ ।