१२ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौं, २३ फागुन । सरकारको खर्चको आन्तरिक स्रोत जुटाउन नेपाल राष्ट्र बैंकले १२ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । फागुन २५ गतेदेखि निष्कासन हुनेगरी केन्द्रीय बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले उक्त रकमको ट्रेजरी बिल्स विक्री गर्न लागेको हो । बोलकबोल आज (आइतवार) अपराह्न ३ बजे हुनेछ ।
९१ दिने अवधिको सो बिल आगामी २०७८ जेठ २५ गते परिपक्व हुनेछ ।अनलाइन माध्यमबाट बोलकबोल हुने उक्त बिलको १५ प्रतिशत रकम गैरप्रतिस्पर्धीहरूका लागि सुरक्षित गरिएको छ ।
राष्ट्र बैंकले यसअघि फागुन १७ गते २८ दिने अवधिको १८ अर्ब ३५ करोड र ९१ दिने अवधिको १० अर्ब ३५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स बोलकबोल मार्फत विक्री गरिसकेको छ ।